साउनको अन्तिम सोमबार आज, शिवालयमा भिड

Share this
799shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन २६, सोमबार १०:४१

काठमाडौं । साउन महिनाको अन्तिम सोमबार आज परेको छ । साउनलाई भगवान शिवको महिना पनि भन्ने गरिन्छ ।

विशेष गरेर साउनमा भगवान शिवको पूजाआराधना गर्ने गरिन्छ । साउनको अन्तिम सोमबार पशुपतिनाथसहित देशभरका शिवालयहरूमा भक्तजनको घुइँचो लागेको छ । बिहान सबेरैदेखि नै विभिन्न स्थानबाट आएका श्रद्धालुहरू शिवको पूजाआराधनामा सहभागी भइरहेका छन् ।

साउन महिनालाई भगवान शिवको विशेष महिना मानिन्छ । यस अवधिमा सोमबारको दिन विशेष गरी शिवको पूजा गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास छ । महिनाभर व्रत बसेका भक्तजनले आजको पूजापछि व्रत समापन गर्ने परम्परा रहिआएको छ ।

शिवपुराणलगायतका धार्मिक ग्रन्थमा शिवको महिमा र साउन महिनाको धार्मिक महत्त्वका विस्तृत उल्लेख गरेको पाइन्छ । महिलाहरू हरियो चुरा, हरियो वस्त्र र श्रृंगारसहित शिवपूजामा सहभागी हुने चलन छ । यसले भक्तिभावसँगै मानव र प्रकृतिबीचको सम्बन्धलाई पनि प्रकट गर्छ भन्ने धार्मिक मान्यता छ ।

काठमाडौंको पशुपतिनाथ मन्दिर परिसर मात्र नभएर गोरखनाथ, हलेसी, गौरीशंकर, मुगुस्थित रारा शिवालयदेखि जनकपुरको धनुषाधामसम्म देशभरका शिवधाममा भक्तजनको भिड देखिएको छ । कतिपय शिवालयमा राति नै दर्शनका लागि लाइन बस्ने चलनले पनि साउनको अन्तिम सोमबारको धार्मिक र सांस्कृतिक महत्त्वलाई अझै झल्काएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.