रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार

Share this
760shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन २७, मंगलबार १४:२३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भिजिट भिसा सेटिङ प्रकरणमा संसदीय विशेष छानबिन समिति वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै मंगलबार प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् ।

सभामुख देवराज घिमिरेले बैठक सुरु भएको घोषणा गरे लगत्तै रास्वपा र राप्रपाका सांसदहरूले उठेर विरोध जनाएका थिए । सभामुखले बोल्न दिएपछि रास्वपा सांसद शिशिर खनालले भिजिट भिसा प्रकरणमा मागअनुसार समिति नबनेको र नबनेसम्म विरोध जारी रहने बताए ।

उनले मन्त्रीपरिषद्का सदस्यहरू विभिन्न काण्डमा मुछिएको भन्दै छानबिन गर्नुपर्ने मागसमेत उठाए । त्यसपछि राप्रपाका सांसद विना लामालाई बोल्ने मौका दिइयो । उनका अनुसार आफ्नो पार्टीको मागअनुसार समिति गठन नभएसम्म विरोध जारी रहने र बैठक बहिस्कारले निरन्तरता पाउने छ ।

बहिस्कार गरेको दिनको बैठक भत्ता नलिने प्रतिबद्धता उनको छ । आफ्ना माग राखेपछि दुवै दलका सांसदहरू बैठक कक्षबाट बाहिरिए ।

रास्वपा र राप्रपाले जेठ १३ गतेदेखि नै भिजिट भिसा सेटिङ प्रकरणमा छानबिन समिति गठनको माग गर्दै संसद बैठक बहिस्कार गर्दै आएका छन् । यो आन्दोलनले संसदमा राजनीतिक तनाव थपिएको भने छानबिनको मागलाई लिएर अन्य दलहरू पनि सक्रिय बनेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.