पहिचान पत्रकारिता पुरस्कार लावती र तामाङलाई

Share this
689shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन २७, मंगलबार १७:०५

विराटनगर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को २६ औं स्थापना दिवसको अवसरमा २ जना पत्रकारलाई ‘पहिचान पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ ।

धरानमा मंगलबार आयोजित कार्यक्रममा झापाको दमकका दिलकुमार लावती र भोजपुरकी शारदा तामाङलाई पुरस्कृत गरिएको हो । १० हजार रुपैयाँ राशिको उक्त पुरस्कार फोनिजले विगत ३ वर्षदेखि स्थापना दिवसको अवसरमा वितरण गर्दै आएको छ ।

सोही कार्यक्रममा फोनिज, राई पत्रकार र लिम्बू पत्रकार संघमा हालै निर्वाचित पदाधिकारीहरूलाई समेत सम्मान गरिएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.