आयो बिष्णु माझीको तीज गीत ‘म त नराउरी…’ (भिडिओसहित)

Share this
748shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ श्रावण २८, बुधबार ०९:५५

विराटनगर । लोकगायिका बिष्णु माझीले आफ्नो नयाँ तीज कोशेली ‘म त नराउरी’ (पुतलीको भट्टी-२१) सार्वजनिक गरेकी छन् ।

गीत सार्वजनिक भएसँगै यसले युट्युबमा मात्र नभई सम्पूर्ण नेपाली संगीतप्रेमीमाझ तरंग ल्याएको छ ।

सधैँझैँ यसपटक पनि माझीले आफ्नो मौलिक स्वर र मार्मिक शब्दमार्फत लाखौं दर्शक–श्रोताको मन जितेकी छन् ।

‘म त नराउरी’ ले चेलीको वेदना र संघर्षको कथा बाेकेकाे छ ।

गीतको भिडियोमा एक चेलीले बिदाइको क्षणमा आँसु लुकाउँदै ‘म त रुन्नँ’ भने पनि उनको हरेक पल संघर्ष र पीडामा बितेको मार्मिक कथा देखाइएको छ।

गर्भवती अवस्थामा घाँस-दाउराको भारी बोक्नुपर्ने बाध्यतादेखि परिवारभित्रको अवहेलनासम्मका दृश्यले धेरैको मन छोएको छ ।

भिडियोमा एकातिर भव्य नृत्य र रंगिन परिवेश छ भने अर्कोतिर एक नारीको यथार्थ जीवनको संघर्षलाई उतारिएको छ, जसले गीतलाई थप भावनात्मक बनाएको छ ।

तपाइको प्रतिक्रिया
कांग्रेसको आगामी दशकका लागि थापाले अघि सारे ‘पुनर्जागरण र समुन्नति’को खाका
जेनजी आन्दोलनका मुद्दा फिर्ता लिन मिल्छ ? समितिले दियो यस्तो राय
दसैँका लागि डोल्पाबाट भेडाच्याङ्ग्रा ल्याउन थालियो
वैकल्पिक मार्गमा तस्करी रोक्न झापा प्रशासनको निगरानी, १५ दिनमा सुरक्षा प्रतिवेदन बुझाउनुपर्ने
जितिया मनाउन गएका दुई किशोरीको डुबेर मृत्यु
सभापतिमा उठ्न ४० हजार र केन्द्रीय सदस्यमा ११ हजार शुल्क
इनरुवामा काउली बोकेको ट्रकबाट अन्दाजी २ हजार ४९० किलो गाँजा बरामद
पहाडी क्षेत्रमा वर्षा र हिमाली भेगमा हिमपातको सम्भावना
कांग्रेसको १५ औं महाधिवेशन : बन्दसत्र सुरु हुँदै
बदलिएको कांग्रेसले देश पनि बदल्छ: गगन थापा
सत्तामुखी राजनीतिदेखि पार्टी सुधारसम्म : गगनको प्रतिवेदनमा कांग्रेसको आत्मस्वीकारोक्ति (पूर्णपाठ)
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×