रास्वपाको केन्द्रीय समिति अद्यावधिक

Share this
683shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन २८, बुधबार १८:२५

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी हेरफेरसँग सम्बन्धित केन्द्रीय समितिलाई निर्वाचन आयोगले अद्यावधिक गरेको छ ।

निर्वाचन आयोगले ६२ जना केन्द्रीय सदस्य रहेको सूचीलाई बुधबार अद्यावधिक गरेको हो । रास्वपाले गत असार ७ गते पदाधिकारी हेरफेरको निर्णय गरेको थियो ।

अद्यावधिक गरिएको अभिलेख अनुसार महामन्त्रीमा कविन्द्र बुर्लाकोटी र प्रवक्तामा मनिष झा छन् । पदाधिकारीमा सहमहामन्त्री १ जना मात्रै छन् ।

सुमना श्रेष्ठले सहमहामन्त्री पदबाट राजीनामा दिएकी थिइन् । उनी केन्द्रीय सदस्य मात्रै छिन् । निर्वाचन आयोगले रास्वपामा पदाधिकारीमा भएको हेरफेर नभएको जानकारी गराएपछि त्यसको आधारमा पूर्वमहामन्त्री मुकुल ढकाल सर्वोच्च अदालत गएका थिए ।

ढकालको रिट सर्वोच्चले मंगलबार खारेज गरेको थियो । ढकालको रिट खारेजसँगै आयोगले रास्वपाको केन्द्रीय समितिलाई अद्यावधिक गरेको हो ।

यस्तो छ अद्यावधिक सूची

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.