युइएफए सुपर कपको उपाधि पीएसजीलाई

Share this
730shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ श्रावण २९, बिहीबार ०७:३०

विराटनगर । युइएफए सुपर कपको उपाधि पेरिस सेन्ट–जर्मेन (पीएसजी)ले जितेको छ।

टोटनह्यामलाई पेनाल्टी सुटआउटमा हराउँदै पीएसजीले २०२५ को आफ्नो पाँचौं उपाधि जितेको हो।

फ्रेन्च क्लबले खेलको अन्तिम क्षणमा नाटकीय कमब्याक गर्दै यो जित हात पारेको हो।

स्टाडियो फ्रिउली (उडिने) मा भएको च्याम्पियन्स लिग र युरोपा लिगका विजेताबीचको वार्षिक प्रतियोगिताको ८५औं मिनेटसम्म टोटनह्याम २–० ले अघि थियो।

तर, पीएसजी अन्तिम क्षणमा खेलमा फर्किन सफल भएको हो। ८६औं मिनेटमा ली काङ–इनले कुनामा प्रहार गर्दै गोल अन्तर घटाए।

इन्जुरी समयको चौथो मिनेटमा गोन्सालो रामोसले बराबरी गोल गर्दै खेललाई २–२ मा पुर्‍याए।

पेनाल्टी सुटआउटमा सुरुमा भिटिन्हाले मिस गरेपछि टोटनह्याम २–० ले अघि थियो। तर, मिकी भान डे भेन र माथिस टेलले अवसर गुमाए र पीएसजीले लगातार चार पेनाल्टीमा सफल पार्‍यो। अन्तिम निर्णायक प्रहार नुनो मेन्डेसले गर्दै टोलीलाई जित दिलाए।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×