मनसुनी वायुको प्रभाव कमजोर, केही ठाउँमा हल्का वर्षा

Share this
722shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन ३०, शुक्रबार ०६:११

विराटनगर । मनसुनी वायुको प्रभाव कमजोर भएको छ । मनसुनको न्यूनचापीय रेखा तराई आसपास रहे पनि विस्तारै दक्षिणतर्फ सर्ने र मनसुन केही कमजोर हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव भने रहेको छ । गएराति केही ठाउँमा हल्का वर्षा मात्रै भएको छ ।

आज सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागका थोरै ठाउँहरुमा तथा बाँकी तराई भूभागका एक/दुई ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.