धरानको श्रम संस्कृति पार्क : कला, इतिहास र पर्यटनको संगमस्थल (फोटो फिचर)

Share this
717shares
मुलुकी खबर
सुजता लिम्बू
clock२०८२ साउन ३०, शुक्रबार १२:२४

धरान । सुनसरीको धरान उपमहानगरपालिका–२० मा अवस्थित श्रम संस्कृति पार्क पछिल्लो समय आन्तरिक पर्यटकहरूको रोजाइमा पर्न थालेको छ ।

उक्त पार्क धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको पहलमा श्रमदानमार्फत निर्माण गरिएको हो । पार्कमा स्थानीय श्रमिकको पसिना र आर्थिक योगदान रहेको छ ।

पार्कमा धरानको अर्थ झल्काउने ‘आरा धरान’देखि लिम्बू समुदायको सांस्कृतिक प्रतीक च्याब्रुङ, सिलाम–साक्मा, राई समुदायको संस्कृति झल्किने चिण्डोले निर्मित धाराका साथै विगतमा धरानबाट पहाडी जिल्लातर्फ ढाकरमा नुन–तेल बोकेर लैजाने भरियाको मूर्तिजस्ता थुप्रै कलात्मक संरचनाहरू निर्माण गरिएका छन् ।

स्थानीयका अनुसार श्रम संस्कृति पार्क अवलोकनका लागि दैनिक सयौँको संख्यामा पर्यटकहरू लागि आउने गरेका छन् । पार्कले पर्यटकलाई आकर्षित गरिहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.