
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका नेता वामदेव गौतमले पार्टीको तेस्रो वरीयता पाएका छन् ।
गौतमले अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनापछिको वरीयता पाएका हुन् । गौतमको वरीयता पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा जारी सचिवालय बैठकले तोकेको हो ।
पार्टी उपाध्यक्ष प्रकाश ज्वालाका अनुसार वरिष्ठ नेता गौतमलाई अध्यक्ष नेपालले शपथ ग्रहण गराएका छन् । बैठकले डीबी कार्की, तुलसी थापा र लोकनाथ धमलालाई पोलिटब्युरो सदस्यको जिम्मेवारी दिएको छ ।
भगवती विष्ट, दुर्गादत्त भण्डारी, राधेश्याम गुप्ता, इमानसिंह भारती, रवीन्द्र बम, तोफा यादव, विद्याप्रसाद शर्मा, रामप्रसाद अधिकारी र मोहमदशेर बागवानलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ ।
























