प्रधानमन्त्रीलाई भारत भ्रमणको औपचारिक निम्तो

Share this
726shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ १, आइतबार १८:५९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय विदेशसचिव विक्रम मिश्रीले भारत भ्रमणको औपचारिक निम्तो दिएका छन् । आइतबार बिहान नेपाल आएका मिश्रीले प्रधानमन्त्री ओलीलाई भेटेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट निम्तो दिएका हुन् ।

प्रधानमन्त्री ओलीले निमन्त्रणका लागि मिश्रीलाई धन्यवाद दिएको उनको सचिवालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, प्रधानमन्त्री ओली भदौ ३१ गते २ दिने भारत भ्रमणमा जाँदैछन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.