गौर नरसंहार : सर्वोच्चको परमादेशपछि विराटनगरमा प्रदर्शन

Share this
688shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ २, सोमबार २०:२७

विराटनगर । सर्वोच्च अदालतले १८ वर्षअघिको बहुचर्चित गौर नरसंहारको छानबिन अघि बढाउन परमादेश जारी गरेपछि उपेन्द्र यादवका समर्थकले विराटनगरमा प्रदर्शन भएको छ ।

न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सोमबार उक्त हत्याकाण्डमा छानबिनको काम अघि बढाउन आदेश दिएको थियो । साेमबार बेलुका जसपा नेपालका समर्थकले विराटनगरमा प्रधानमन्त्री केपी शर्मा ओलीकाविरुद्ध प्रदर्शन गरेका हुन् ।

विराटनगरको रोडशेष चोकमा प्रदर्शनका क्रममा जसपा मोरङ अध्यक्ष राजकुमार यादवले सरकारले पटक–पटक दमन गरेको दाबी गरे । प्रदर्शनपछिको कोणसभालाई सम्बोधन गर्दै उनले दमन गरेर शासन गर्ने प्रयास भएको बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.