
विराटनगर । १० वर्षपछि नेकपा एमाले मोरङको पार्टी कार्यालय पुग्दा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको संस्थापन पक्षले बहिष्कार गर्याे ।
मंगलबार पार्टी कार्यालयमा भण्डारी पक्षका नेता कार्यकर्ता उनको स्वागतका लागि भेला भएका थिए ।
स्वागत गर्ने क्रममा एमाले मोरङका उपाध्यक्ष सागर थापाले भण्डारीलाई गुलाफ दिएर स्वागत गरे । उपाध्यक्ष थापाले दिएको गुलाफ उनले शिरमा सिउरिइन् ।
पार्टी अध्यक्ष अजम्बर राईले फुलको बुकी दिएपछि सागरले गुलाफको फूल दिएका थिए । फूल सिउरिने क्रममा उनले भनिन्,‘सागरले माया गरेर दिएको लगाउन पर्याे’ ।
























