झापामा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु

Share this
752shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ ४, बुधबार ०७:०२

विराटनगर । झापामा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मंगलबार दमक नगरपालिका– ७ स्थित पूर्वपश्चिम लोकमार्ग र बुद्धशान्ति गाउँपालिका– ४ बर्ने स्थित मेचि राजमार्गमा सवारी दुर्घटना हुँद २ जनाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार मंगलबार बिहान करिब ८ बजे पूर्वपश्चिम लोकमार्गको दमकबाट पाडाजुँगितर्फ जाँदै गरेको प्र१–०२–००२ ख ०९१२ नम्बरको बन्दाकोपी बोकेको ट्रकले विपरित दिशाबाट आउँदै गरेको प्र१–०१–०१२ प ९३१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक झापाको कमल गाउँपालिका– ५ का ४३ वर्षीय सुकदेव गौतम घाइते भए । उनकी श्रीमती ४२ वर्षीय मुना गौतमको घटनास्थलमै मृत्यु भएको हो ।

मंगलबार दिउँसो साढे ३ बजे ईलामबाट मेची राजमार्ग हुँदै बुधबारेतर्फ आँउदै गरेको बीआर ५५८५०० नम्बरको भारतीय स्कारपियो र प्र‍ १–०१–
०१६प ३६६१ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा चालक झापाको बुद्धशान्ती– १ का ४६ वर्षीय ठाकुर अधिकारी मृत्यु भएको हो ।

दुर्घटनामा घाईते उनको उपचारका क्रममा बीएण्डसी अस्पताल बिर्तामोड मृत्यु भएको प्रहरीले बताएको छ ।

प्रहरीले दुवै घटनामा संलग्न सवारी र चालकलाई नियन्त्रणमा लिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.