राजगढ –५ का वडाध्यक्ष साहको निधन

Share this
689shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ ४, बुधबार १०:२८

सप्तरी । सप्तरीको राजगढ गाउँपालिका– ५ का वडाध्यक्ष देवेन्द्र साहको निधन भएको छ । ७० वर्षको उमेरमा उनको बुधबार बिहान निधन भएको हो।

अर्बुद रोगबाट पीडित उनको उपचारका क्रममा चिवनको भरतपुर क्यान्सर अस्पतालमा बुधबार बिहान निधन भएको सोही गाउँपालिकाकी उपाध्यक्ष रेणुदेवी मण्डलले बताए ।

जनता समाजवादी पार्टीबाट निर्वाचित उहाँ तीन वर्षदेखि क्यान्सरबाट पीडित थिए । उनका दुई छोरा र तीन छोरी छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.