
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीकाे सम्पर्क कार्यालय आज उद्घाटन हुँदैछ । एमालेकाे राजनीतिमा फर्किएकी उनले काठमाडौंको थापागाउँस्थित लाखेचौर मार्गमा सम्पर्क कार्यालय खाेल्न लागेकी हुन् । कार्यालय दिउँसो २ बजे उद्घाटन हुनेछ ।
भण्डारी पक्षले यसलाई सम्पर्क कार्यालय भनेको छैन । त्यसलाई ‘मदन भण्डारी ७५ औं जन्मजयन्ती मूल व्यवस्थापन समिति’को कार्यालय भनिएको छ । समितिको संयोजक बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल छन् ।
























