रवि लामिछानेको पक्षमा ३४ लाखको हस्ताक्षर

Share this
717shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ ५, बिहीबार १३:१८

काठमाडौं । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पक्षमा हालसम्म ३४ लाख जनाले हस्ताक्षर गरेका छन् ।

पार्टी सभापति लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै त्यसविरुद्ध रास्वापाले हस्ताक्षर संकलन अभियान चलाएको थियो । अभियान अझै जारी रहेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

उनका अनुसार हालसम्म ३४ लाखले हस्ताक्षर गर्नुका साथै ६५ लाख सहयोग संकलन भएको छ । हस्ताक्षर संकलन अभियान पश्चिमदेखि पूर्वी नेपालसम्म जारी छ ।
लामिछानेविरुद्ध राजनीतिक प्रतिशोध राखेको भन्दै असार ७ गतेदेखि रास्वपाले हस्ताक्षर अभियान सुरु गरेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.