भारत र चीनबीचको लिपुलेक सम्झौता आपत्तिजनक : कांग्रेस

Share this
726shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ ५, बिहीबार १४:२५

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले लिपुलेकबारे भारत र चीनबीच भएको भनिएको सहमति आपत्तिजनक रहेको स्पष्ट पारेको छ । कांग्रेसले उक्त सहमतिप्रति असहमतिसमेत जनाएको छ ।

कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै २ छिमेकी देशबीचको सहमति अस्वीकार्य रहेको बताए । ‘सरकारले यसबारे सबैलाई समेटेर कदम अघि बढाओस् । हामी आग्रह पनि गर्न चाहन्छौँ । हाम्रै पार्टीका अर्का महामन्त्री विश्वप्रकाश शर्माले ६ बुँदे ध्यानाकर्षण गराउनुभएको छ । त्यसतर्फ सरकारको ध्यान जाओस्,’ थापाले भने ।

यो विषयमा नेपालका सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने अवस्था रहेको उनको भनाइ छ । मतभेद भुलेर सबै राजनीतिक दलहरूले एकढिक्का भएर नेपाली भूमिका अरुको आँखा पर्न दिने छैन भन्ने सन्देश दिनुपर्ने थापाले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.