
काठमाडौं । नेपाली सेनाको कर्मचारी माग गरेकाे छ । भर्ना छनौट निर्देशनालयले अधिकृत क्याडेट पदमा २८० जनाका लागि भर्ना खुला गरेकाे हाे ।
खुलातर्फ १४६ जना र सैनिक तालिम वा कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका वा शारीरिक रुपमा अशक्त नेपाली सैनिकका सन्ततिका लागि १४ जनाको लागि कोटा छुट्याइएको छ । महिलाका लागि २४, आदिवासी जनजातिका लागि ३८, दलितका लागि १८ र पिछडिएको क्षेत्रका लागि ६ जनाको आरक्षण छुट्याइएको छ ।
दरखास्त दिने म्याद आज भदौ ६ गतेदेखि असोज ४ गतेसम्म छ ।
दरखास्त दस्तुर १ हजार रुपैयाँ तोकिएको छ ।
असोज ५ गतेपछि ११ गतेसम्म दोब्बर दस्तुर तिरेर पनि दरखास्त बुझाउन सकिन्छ ।

























