झापामा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

Share this
697shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ ७, शनिबार १०:१८

विराटनगर । झापामा मोटरसाइकलले ठक्कर दिँदा १ जना वृद्धको मृत्यु भएको छ । कमल गाउँपालिका–३ केराधापमा शुक्रबार साँझ दुर्घटना भएको थियो ।

केम्पाबाट केर्खातर्फ आउँदै गरेको प्रदेश १–०१–०१६ प ५१०५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ८८ वर्षीय टीकाराम श्रेष्ठको मृत्यु भएको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले बताए । उनका अनुसार पैदल यात्रा गरिरहेका श्रेष्ठलाई साँझ ७ः१५ बजेतिर मोटरसाइकलले ठक्कर दिएको थियो ।

गम्भीर घाइते भएका उनलाई उपचारका लागि बिर्तामोडको बी एन्ड सी अस्पताल लगियो । उपचारका क्रममा शनिबार बिहान वृद्धको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक कमल गाउँपालिका–५ का ५१ वर्षीय मानकुमार सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको डीएसपी खड्काले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.