
काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगर बालबालिका सम्बन्धी विवादमा जोडिएपछि प्रहरीले अध्ययन सुरु गरेको छ । उपभामुख निर्वाचित हुनुअघि बाल संगठनबाट आफ्नाे आश्रममा बालबालिका लगेको विषय बाहिर आएपछि प्रहरीले अध्ययन सुरु गरेको हो ।
अमेरिकी दूतावासलाई भिसाको मिति माग्दै पत्र लेखेको विषयमा पनि उनी विवादित छिन् ।
२०७७ मा नेपाल बाल संगठनका एक अधिकारी बेलायती नागरिक डोना स्मिथलाई अवैधरुपमा बच्चा दिएको आरोपमा पक्राउ परेका थिए ।
त्यसपछि नेपाल बाल संगठन र बालमन्दिरमा भएका अनियमितताबारे छानबिन गर्न पूर्वन्यायाधीश हरिबाबु भट्टराईको नेतृत्वमा छानबिन समिति गठन भएको थियो । समितिको प्रतिवेदनमा बाल बाल संगठनको नेतृत्व गरेकी रीता सिंह वैद्यले ‘इन्दिरा रानाको संस्थाले बाल संगठनलाई गाह्रो छ, मलाई अलिकति बच्चा दिनुस्, म राख्छु’ भनेको उल्लेख छ ।
‘बालगृहमा आश्रित बालबालिकालाई अन्य बाल गृहमा लैजाने विषयमा विशेषतः जेलको बच्चाहरूलाई सारेको भन्ने थाहा छ । इन्दिरा रानाको संस्थाले बालसंगठनलाई गाह्रो छ, मलाई अलिकति बच्चाहरू दिनुस् म राख्नु भनेकोले ३ जना कि ५ जना बच्चाहरू पठाएको हो । मैले पनि उहाँको संस्थामा हेरेँ । राम्रो सुविधा रहेछ । अनि पठाएको हो,’ उनले बयानमा भनेकी छन् ,‘छात्रवृत्तिसहित खुशी घर संस्थालाई हामीसँग पैसा नभएर गाह्रो भएका बेला बच्चाहरू पठाएको हो । मलाई पछि जानकारुी आयो । त्यहाँ राम्रो सुविधा थियो, विदेशीहरूको राम्रो सहयोग थियो । पछि मैले ल्याउँछौं पनि भनेको हो । बच्चाहरू नै आउन मानेनन् ।’
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रकुवेर खापुङले उपसभामुख मगरको संस्था जोडिएको विषयमा विवाद बाहिर आएपछि अध्ययन भइरहेको हो ।
























