अनेरास्ववियु मोरङमा २ संयाेजक

Share this
714shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ ९, सोमबार १५:०८

विराटनगर । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु मोरङ जिल्ला कमिटीमा विवाद देखिएको छ । संस्थापन पक्ष र इतर पक्षले छुट्टा-छुट्टै व्यक्तिलाई संयोजक तोकेका कारण विवाद देखिएकाे हाे ।

भदौं ७ गते  अखिलको जिल्ला कमिटी बैठकमा विवाद भएपछि संस्थापन पक्षले एलिस ओझा र विद्यादेवी भण्डारी पक्षले संगम कन्दङ्वालाई संयोजकको जिम्मेवारी दिएको हो ।

गत फागुनमा तत्कालीन जिल्ला सचिव वीरेन्द्र घिमिरेलाई संयोजकको जिम्मेवारी दिएको थियो । अखिलमा ३२ वर्षे उमेर हद लागेपछि जिल्ला कमिटी बैठकमा घिमिरेसँग नेताहरुले उमेर खुल्ने कागजात माग गरेका थिए ।  विवाद भएपछि उनले बैठक छाडे ।

घिमिरेबाहेकको जिल्लाका पदाधिकारी बैठकले कन्दङ्वालाई संयोजकको जिम्मेवारी दिएको थियो । लगतै घिमिरेले ओझालाई संयोजक तोकेका थिए । घिमिरे नेकपा (एमाले_ संस्थापन पक्षका हुन् ।

एमाले अखिल मोरङका नेता नवीन पहाडीका अनुसार जिल्ला कमिटीकाे पदाधिकारी बैठकले कन्दङ्वालाई संयोजक ताेकेकाे हाे । घिमिरे भने संयोजकको जिम्मेवारीमा रहेका कारण आफ्नो अधिकार प्रयोग गरेर ओझालाई जिम्मेवारी दिएको बताउँछन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.