यस्तो छ दीपक मनाङे पदमुक्त भएको फैसलाको पूर्णपाठ

Share this
665shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ ९, सोमबार १५:३२

काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे उर्फ राजीव गुरुङ पदमुक्त हुने सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र कुमार चुडाल सम्मिलित संवैधानिक इजलासले गत असार ४ गते मनाङे पदमुक्त हुने फैसाल गरेको थियो । सर्वोच्चको फैसलासँगै उनी प्रदेशसभा सदस्य (प्रदेश सांसद) पदका लागि अयोग्य ठहरिएका थिए ।

‘जहाँसम्म संवैधानिक तथा कानुनी प्रावधानमा पदमुक्त हुने समय स्पष्ट छैन । विवेचित आधारका अनुसार २०८१ कात्तिक २० मा दीपक मनाङे उपरको ज्यान मार्ने उद्योग मुद्दा फैसला भएपश्चात् उनी उक्त पदमा रहन अयोग्य भएका छन् । साथै, उनी मिति २०८१ कात्तिक २७ देखि कैदमा समेत रहेका छन् । त्यसैले उनी सोही मिति २०८१ कात्तिक २० गतेदेखि गण्डकी प्रदेशसभा सदस्य पदबाट पदमुक्त हुने निश्चित ठहरिन्छ,’ पूर्णपाठमा उल्लेख छ ।

दीपक मनाङे स्वतन्त्र उम्मेदवारको रूपमा गण्डकी प्रदेशबाट निर्वाचित भएका थिए । फैसलामा अन्य कानुनी प्रक्रियाको दिशानिर्देश पनि उल्लेख छ । जसले आगामी समयमा प्रदेशसभा सदस्य पदमा अयोग्य ठहर हुने प्रकरणहरुमा मार्गदर्शन गर्नेछ ।

यस्तो छ पूर्णपाठ

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.