
विराटनगर । ताप्लेजुङको फक्ताङलुङमा गाउँपालिकामा १ जना टिपरसहित तमोर नदीमा खस्दा बेपत्ता भएका छन् ।
सोमबार (आज) तमोर –५ जलविद्युत आयोजनाको टिपर चेकजाँच गर्ने क्रममा टिपरसहित तनहुँको शुक्ला गण्डकी गाउँपालिका– ४ का २४ वर्षीय सुदीप सुवेदी तमोर नदीमा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।
नदीमा खसेर बेपत्ता भएका सुवेदी आयोजनाको मेकानिकल क्षेत्रमा काम गर्थे ।
फक्ताङलुङमा –६ लेलेपस्थित तमोर कोरिडोर सडक खण्डमा ग १ क ६३१८ नम्बरको टिपर चेकजाँच गर्ने क्रममा सडकदेखि करिब २५ मिटर तल तमोर नदीमा टिपर खसेको थियो । नदीमा खसेर बेपत्ता भएका सुवेदीको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।























