
काठमाडौं । निर्वाचन आयोगले प्रदेशसभा सदस्य राजिव गुरूङ(दीपक मनाङे) पदमुक्त भएपछि रिक्त रहेको मनाङको प्रदेश सभा क्षेत्र २ मा कात्तिक १७ गते उपनिर्वाचन गर्ने तयारी गरेको छ ।
रूपन्देही प्रतिनिधिसभा क्षेत्र– ३ मा पनि कात्तिक १७ मा उपनिर्वाचन हुँदैछ ।
२०७९ मंसिरमा भएको प्रदेश सभा क्षेत्र निर्वाचनमा निर्वाचित मनाङे चक्रे मिलनमाथि ज्यान मार्ने उद्योग गरेको मुद्दामा दोषी ठहर भएका थिए ।
रिक्त पदमा कात्तिक १७ गते नै उपनिर्वाचन गर्ने गरी निर्णय गरिने निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए ।
























