
नवलपरासी । नवलपरासीको कावासोती नगरपालिका–१५ गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वन नजिकै धापमा भासिँदा मंगलबार बिहान एउटा पोथी गैँडाको मरेको छ ।
चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत अविनाश थापामगरका अनुसार पानी खान दलदलमा गएको गैँडा बाहिर निस्किन नसक्दा त्यही फसेर मरेको हो । मृत भेटिएको गैँडाको खाग र खुर सुरक्षित रहेको निकुञ्जले जनाएको छ ।
सन् २०२१ मा गरिएको पछिल्लो राष्ट्रिय गैँडा गणनाअनुसार मुलुकभर ७ सय ५२ गैँडा छन् । चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६ सय ९४ वटा छन् ।

























