प्रधानमन्त्रीको विश्वासको मत सम्बन्धी विवादमा सर्वोच्चको आदेश

Share this
693shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ ११, बुधबार १२:५७

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको मत सम्बन्धी विवादमा महत्वपूर्ण आदेश जारी गरेको छ ।

अधिवक्ता वीरेन्द्र केसीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र नृपध्वज निरौलाको इजलासले नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिएको र पुनः समर्थन गरेको दुवै पत्र संसद सचिवालयबाट झिकाउन आदेश दिएको हो ।

अदालतले त्यति मात्र नभइ नागरिक उन्मुक्ति पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्री अरुणकुमार चौधरीले दिएको राजीनामाको आधिकारिक कागजात पनि बुझाउन आदेश गरेको छ ।

यसरी अदालतले समर्थन फिर्ता, पुनः समर्थन र मन्त्रीको राजीनामासम्बन्धी सबै आधिकारिक पत्रहरू पेस गर्न आदेश दिएपछि अब प्रधानमन्त्री ओलीले संसद्मा विश्वासको मत पाउने वा नपाउने भन्ने विवाद कानुनीरूपमा निर्णायक चरणमा प्रवेश गर्ने देखिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.