कारागारमा मृत भेटिएकी महिलाको शव आफन्तले बुझे

Share this
742shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ ११, बुधबार १७:३९

विराटनगर । जिल्ला कारागार मोरङको शौचालयमा मृत फेला परेकी महिलाको शव आफन्तले बुझेका छन् । बुधबार बिहान सुनसरीको बराहक्षेत्र नगरपालिका–६ घर भएकी ३२ वर्षीया राधिका भनिने राधा भट्टराई कारागारको शौचालयभित्र मृत भेटिएकी थिइन् ।

घाँटीमा सलको पासो लगाएर झुन्डिएको अवस्थामा भट्टराईको शव फेला परेको थियो ।

जेलर गौरव ढुंगेलका अनुसार कोशी अस्पताल विराटनगरमा पोष्टमार्टमपछि बुधबार आफन्तले शव बुझेका हुन् ।

भट्टराई पहिलेदेखि नै ‘डिप्रेसन’को समस्या थियो । उनी २०८० माघ पहिलो साता २ सन्तान (छोरा र छोरी)सहित सप्तकोशी नदीको सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरमा हामफालेकी थिइन् । उनलाई र छोरालाई स्थानीयले सकुशल उद्धार गरेका थिए । ६ वर्षकी छोरीको भने मृत्यु भएको थियो ।

कर्तव्य ज्यान मुद्दामा भट्टराईलाई २०८१ साल कात्तिक ७ गते अदालतले जन्मकैदको सजाय हुने फैसला सुनाएको थियो । फैसला अनुसार उनी जिल्ला कारागार मोरङमा सजाय भुक्तान गरिरहेकी थिइन् ।

मोरङ कारागारको शौचालयभित्र महिला कैदी झुन्डिएको अवस्थामा मृत फेला

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.