
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण जाने भएका छन् । उनी पाँच दिनका लागि चीन जान लागेका हुन् ।
परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको भ्रमण तालिका अनुसार शनिबार प्रधानमन्त्री ओली चीन जानेछन् ।
चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणमा उनी बुधबारसम्म चीनमा रहेछन् । त्यहाँ उनी सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भाग लिनेछन् ।
एससीओ सम्मेलन १५ र १६ भदौमा उत्तरी चीनको तियान्जिनमा आयोजना हुँदैछ । त्यसको उद्घाटन चिनियाँ राष्ट्रपति सीले गर्दैछन् भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित अन्य मुलुकका सरकार तथा राष्ट्रप्रमुख समेत उपस्थित हुनेछन् ।
भ्रमणका क्रममा ओलीले चिनियाँ राष्ट्रपति सीसँग भेटवार्ता समेत गर्नेछन् । तिआन्जिनमा आयोजना हुने एससीओ प्लस शिखर सम्मेलनलाई सम्बोधन पनि गर्नेछन् । त्यसक्रममा उनले विभिन्न मुलुकका नेताहरूसँग समेत भेटवार्ता गर्ने कार्यक्रम छ ।
























