राष्ट्रपति आउने भएपछि नगरपालिकामा सार्वजनिक बिदा

Share this
709shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ १२, बिहीबार १३:४०

संखुवासभा । संखुवासभाको मादी नगरपालिकाले सार्वजनिक बिदा दिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेल मादी माध्यमिक विद्यालयको ७५औं वार्षिकोत्सव तथा हिरक महोत्सवको उद्घाटनमा सहभागी हुने भएपछि आज बिहीबार सार्वजनिक बिदा दिएको हो ।

नगरप्रमुख जीवन लिङथेपले बुधबार जारी गरेको विज्ञप्तिमा नगर अन्तर्गतका सम्पूर्ण कार्यालय तथा शैक्षिक संस्था बन्द रहने उल्लेख गरिएको छ ।

महोत्सवमा राष्ट्रपति पौडेलले विद्यालयको ७५औं वार्षिकोत्सवको औपचारिक उद्घाटन गर्नुका साथै विद्यालय प्राङ्गणमा निर्मित हिरक स्तम्भको अनावरण र विद्या, शिक्षा र ज्ञानको प्रतीकका रूपमा स्थापित सरस्वतीको मूर्तिको पनि अनावरण गर्नेछन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.