
काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् ।
बिहीबार सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूसँग गरेको छलफलमा यसबारे जानकारी गराइएको हो ।
प्रधानमन्त्री ओलीले आसन्न विदेश भ्रमणको बारेमा सदनलाई जानकारी गराउने कार्यक्रम तय भएको छ ।
प्रधानमन्त्री ओली भदौ १४ गते चीन भ्रमणमा गएर भदौ १८ गते स्वदेश फर्किने कार्यक्रम छ।
शुक्रबारपछि भदौ १८ गते र २५,२६ र २७ गते प्रतिनिधि सभा बैठक बस्ने तय भएको छ।
























