
काठमाडौं । कपिलवस्तुको तौलिहवा नजिक बम विस्फोट भएको छ । तौलिहवाबाट पिपरहवा जाने बाटोमा ठुलो विस्फोट भएको प्रहरीले जनाएको छ।
विस्फोटबाट बिच सडकमा ठुलो खाडल परेको बताइएको छ । घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरीका साथै नेपाल प्रहरी जाँदै गरेको प्रहरीले जनाएको छ ।























