तौलिहवा बम विस्फोट हुँदा सडकमा ठुलो खाल्डो 

Share this
724shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ १२, बिहीबार १९:५९
तौलिहवा बम विस्फोट हुँदा सडकमा ठुलो खाल्डो 

काठमाडौं । कपिलवस्तुको तौलिहवामा बिहीबार साँझमा बम विस्फोट भएको छ । विस्फोटबाट मानवीय क्षति भएको छैन ।

तौलिहवा –४ नम्बर सडक खण्डअन्तर्गत कपिलवस्तु नगरपालिका –१० पचेहरा हाट बजार नजिकै बिहीबार साँझ ६ बजे १० मिनेटतिर ठुलो आवाज आएको थियो ।

मुख्य सडकको बीच भागमा बम विस्फोट हुँदा गहिरो खाल्डो हुँदा सडक ध्वस्त भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सडकभित्र दबेर रहेको विस्फोटजन्य पदार्थ आफै विस्फोट हुँदा सडकमा क्षति पुगेको छ । विस्फोट भएको समयमा सडक सुनसान भएका कारण मानवीय क्षति हुन पाएन ।

विस्फोट भएको स्थानको वरपर बमका छर्रा भेटिएको बताइएको छ । बम विस्फोट भएको स्थान नजिकै सोमबार हाटबजार लाग्ने गरेको थियो । घटनाको अनुसन्धान सुरु भइसकेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.