रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बहिष्कार

Share this
688shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ १३, शुक्रबार १५:०४

काठमाडौं । प्रतिनिधिसभामा आज (शुक्रबार) प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन हुने कार्यसूची तय भए पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी )राप्रपां)का सांसदहरूले बैठक बहिष्कार गरेका छन् ।

भिजिट भिसा प्रकरणमा संसदीय विशेष छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै दुवै दल निरन्तर आन्दोलनमा छन् । प्रतिनिधिसभा बैठक सुरु भएको जानकारी सभामुख देवराज घिमिरेले दिँदै गर्दा रास्वपा र राप्रपाका सांसदहरू उठेर विरोध जनाएका थिए ।

सभामुख घिमिरेले सुरुमा रास्वपाका सांसद गणेश पराजुलीलाई बोल्न अनुमति दिएका थिए । पराजुलीले प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा नेपाली भूमिसम्बन्धी विषय उठाउनुपर्ने धारणा राखे । त्यसपछि राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले पनि आआफ्नो भनाइ राखेका थिए ।

पराजुली र शाहीले धारणा राखेपछि दुवै दलका सांसदहरु सामूहिक रूपमा बैठक बहिष्कार गर्दै बाहिरिएका हुन् । प्रधानमन्त्री ओलीले बैठकमा सम्बोधन भने गरेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.