सरस्वती माविका पूर्व विद्यार्थीद्वारा वृद्ध आश्रमलाई सहयोग 

Share this
660shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ १४, शनिबार १३:१९

विराटनगर । विराटनगरको सरस्वती माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरूले विराटेश्वर वृद्धाश्रममा सामाग्री हस्तान्तरण गरेका छन् ।

सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा विराटनगर –८ मा रहेको  विराटेश्वर वृद्धाश्रममा आवश्यक सामाग्रीहरू विद्यालयको एसएलसी ब्याच २०५३ समूहले शनिबार हस्तान्तरण गरेको हो ।

विद्यालयको एसएलसी ब्याच २०५३ समूहले वृद्धाश्रममा रहेका वृद्धवृद्धालाई खाना खुवाउनुका साथै आवश्यक सामाग्री प्रदान गरेको समूहका संयोजक सुमन अधिकारीले जानकारी दिए ।

उनले भने, ‘साथीहरूले केही सामाजिक काम गरौँ भन्ने उद्देश्यले यस पटक वृद्धाश्रममा खाना खुवाउने र आवश्यक केही सामान दिऔँ ।’

वृद्धाश्रममा रहेका ६५ जना वृद्धवृद्धालाई खानासँगै तन्ना, ऐना, नङ काट्ने सामान उपलब्ध गराएको बताउँदै, अधिकारीले भने, ‘सामाजिक कार्य गर्दै आएको यो समूहले मासिक रूपमा संकलन गर्दै आएको रकमबाट नै सामाग्री खरिद गरी आश्रममा रहनुभएका बुबाआमालाई उपलब्ध गराएको हो । केहीदिन अघि आश्रममा पुगेर आवश्यक चीजबारे बारे बुझ्दा आश्रमका सञ्चालक जगत अर्यालले तन्ना, नङ काट्ने र ऐना चाहिएको बताए अनुसार सामान दिइएको हो । ३५ हजार रुपैयाँ बराबरको ७० थान तन्ना, एक दर्जन काइँयो, एक दर्जन नेल कटर र २ वटा ऐना उपलब्ध गराइएको छ ।’

आगामी दिनमा पनि यो समूहले यस्तै सामाजिक कार्य जाने उनले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.