झी पुचः विराटनगरको अध्यक्षमा शरद श्रेष्ठ 

Share this
651shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ १५, आइतबार ०८:३०
झी पुचः विराटनगरको अध्यक्षमा शरद श्रेष्ठ 

विराटनगर । नेपाल भाषा तथा सांस्कृतिक संघ झी पुचः विराटनगरको अध्यक्षमा शरद श्रेष्ठ चयन भएका छन् । झी पुचः ले नेवारी भाषा, कला, संस्कृति र साहित्यको संरक्षण र संवद्र्धनकाे काम गर्दै आएको छ ।

विराटनगरमा सम्पन्न ३१ औं साधारण सभाबाट अध्यक्ष श्रेष्ठको नेतृत्व १६ सदस्यीय नयाँ कार्य समिति निर्विरोध निर्वाचित भएका हुन् । नयाँ कार्य समितिको कार्यकाल २ वर्ष रहने छ ।

संघको वरिष्ठ उपाध्यक्षमा सुरेशलाल श्रेष्ठ, उपाध्यक्षमा सुवासकुमार अमात्य, महासचिवमा सञ्जय श्रेष्ठ, कोषाध्यक्षमा सुरज श्रेष्ठ, सहकोषाध्यक्ष हरिमोहन श्रेष्ठ, सचिवमा सन्जु शाक्य निर्वाचित भए ।

त्यस्तै, सदस्यमा उदय डंगोल, संजित श्रेष्ठ, जिना श्रेष्ठ, सुनिता बज्राचार्य, निश्चल श्रेष्ठ, आशिष श्रेष्ठ, मनोज श्रेष्ठ, राजकुमार श्रेष्ठ, कविता श्रेष्ठ, संयम श्रेष्ठ चयन भएको प्रमुख निर्वाचन अधिकृत राजन श्रेष्ठले जानकारी दिए ।

सो अवसरमा नवनिर्वाचित कार्य समितिलाई पूर्व अध्यक्ष नारायणप्रसाद श्रेष्ठ, भविसकुमार श्रेष्ठ, बुद्धरत्न श्रेष्ठ, सल्लाहकार लुना श्रेष्ठलगायतले शुभकामना दिएका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.