
काठमाडौं । चीनको तियानजिन सहरमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेट भएको छ ।
चीन भ्रमणमा रहेका ओली र त्यहाँ औपचारिक कार्यक्रममा सहभागी हुन पुगेका भारतीय प्रधानमन्त्री मोदीबीच चिनियाँ राष्ट्रपति सी जिङपिङले आयोजना गरेको सामूहिक रात्रिभोजमा आइतबार भेट भएको हो । भेटपछि मोदीले सामाजिक सञ्जालमा दुवै नेताको संयुक्त तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, ‘तियानजिनमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्दा खुसी लाग्यो । भारत र नेपालको सम्बन्ध गहिरो र अत्यन्त विशेष छ ।’
दुवै नेताबीच भएको यो भेटलाई क्षेत्रीय कूटनीतिक सन्दर्भमा महत्त्वपूर्ण रूपमा हेरिएको छ । भेटलाई आगामी दिनमा सहकार्य र आपसी समझदारीका नयाँ सम्भावनासहित अगाडि बढ्ने संकेतका रूपमा लिइएको छ ।
यसअघि प्रकाशित समाचारमा ओली र मोदीबीच भेट हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ । स.
























