
ताप्लेजुङ । काबेली नदीमा पानीको बहाव आकस्मिक रूपमा बढ्दा सिनाम पावर हाउसका टिपर र स्काभेटर बगाएको छ ।
रातिको अविरल वर्षापछि नदीमा पानीको बहाव बढेपछि त्यहाँ रहेको नम्बर नखुलेको २ वटा टिपर र २ वटा स्काभेटर बगाएको ताप्लेजुङ प्रहरीले जनाएको छ ।
अस्थायी प्रहरी चौकी खाम्दिनेको प्रहरी टोलीले खोजतलास गर्दा बगाएका २ स्काभेटर पावर हाउसदेखि २० मिटर तल डुबेको अवस्थामा फेला पारेका छ भने टिपरको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।























