
चीन । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको थियानजिनस्थित थियानजिन मेइजियान सम्मेलन केन्द्रमा सुरु भएको शांघाई सहयोग संगठन (एससीओ) प्लस शिखर सम्मेलनमा सम्बोधन गरेका छन् ।
उनले भाषणमा मुलुकको राष्ट्रिय हित, द्विपक्षीय सम्बन्ध र अन्तर्राष्ट्रिय विषयमा आफ्ना विचार प्रस्तुत गरे । प्रधानमन्त्री ओली चीनका राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा भदौ १४ गतेदेखि ५ दिने औपचारिक भ्रमणमा चीनमा छन् ।
सम्मेलनमा उनले अन्य सहभागी राष्ट्रका राष्ट्र प्रमुख र सरकार प्रमुखसँग पनि दुईपक्षीय भेटवार्ता गर्दै बहुपक्षीय सम्बन्धलाई प्रोत्साहन गर्ने अवसर पाएका छन् । सम्मेलनको पहिलो दिनदेखि नै प्रधानमन्त्री ओली र विभिन्न मुलुकका उच्चस्तरीय प्रतिनिधिहरूबीच द्विपक्षीय छलफलको क्रम जारी रहेको छ ।
यस शिखर सम्मेलनले क्षेत्रीय सहकार्य र रणनीतिक साझेदारीलाई अझ सुदृढ बनाउने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।
























