प्रधानमन्त्री बेइजिङमा

Share this
742shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ १७, मंगलबार १२:२३

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको राजधानी बेइजिङ पुगेका छन् । ​​तियानजिनको शांघाई संगठन (एससीओ) प्लसको शिखर सम्मेलन सकिएसँगै उनी बेइजिङ पुगेका हुन् ।

प्रधानमन्त्रीसहितको नेपाली प्रतिनिधिमण्डल रेलमार्ग हुँदै बेइजिङ गएको हो । प्रधानमन्त्री ओली चीन सरकारले बेइजिङमा आयोजना गर्ने फासिवादविरुद्धको विश्वयुद्ध र जापानी अतिक्रमण विरुद्धको चिनियाँ जनताको प्रतिरोधी युद्धमाथिको विजयको ८० औं वार्षिकोत्सव समारोहमा सहभागी हुने छन् ।

त्यहाँ प्रधानमन्त्री ओलीको चीनका उराष्ट्रपति हान चङ्गसँग भेट हुनेछ । उपराष्ट्रपति चङ्गद्वारा आयोजित रात्रिभोजमा नेपाली प्रतिनिधिमण्डल सहभागी हुने जनाइएको छ ।

प्रधानमन्त्री ओली चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही भदौ १४ गते चीन गएका हुन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.