
काठमाडौं । दोलखा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । दोलखाको लापिलाङ केन्द्रबिन्दु भएर मंगलबार (आज) दिउँसो ३ बजेर १३ मिनेटको समयमा ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
त्यसैगरी, आजै बिहान ६ बजेर १५ मिनेटको समयमा गोरखाको अजिरकोट गाउँपालिका–३ हंशपुर केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।























