
काठमाडौं । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार राति भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पले कुनै क्षति पुर्याएको विवरण प्राप्त भएको छैन ।
सिन्धुपाल्चोक जिल्लाको तारामराङ आसपासको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार राति ११ः२३ बजेतरि ४ म्याग्निच्यूडको भूकम्प गएको हो ।
भूकम्पको धक्का सिन्धुपाल्चोकसँगै आसपासका जिल्लाहरूमा पनि महसुस गरिएको थियो । मंगलबार बिहान ६ः१५ मा गोरखाको अजिकोट–३ हंशपुर क्षेत्र केन्द्रविन्दु बनाएर ४ र दिउँसो ३ः१३ बजे दोलखाको लापिलाङ क्षेत्र केन्द्रविन्दु बनाएर ४.१ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

























