चीनबाट फर्किए प्रधानमन्त्री ओली

Share this
701shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ १८, बुधबार २२:४०

काठमाडौं । चीनको औपचारिक भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा शांघाई सहयोग संगठन (एससिओ) शिखर सम्मेलनमा भाग लिन १४ भदौमा चीन गएका ओली बुधबार राति स्वदेश फर्किएका हुन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङ र उपराष्ट्रपति हान झेङसँग मंगलबार बेइजिङमा भेटवार्ता गरेका थिए । भ्रमणका क्रममा विभिन्न मुलुकका नेताहरुसँग भेटघाट पनि गरेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.