
विराटनगर । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको सरकारबाट मन्त्री फिर्ता नहुने बताएका छन् । विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने विषयमा कुरा नभएको बताएका हुन् ।
सरकार पुनरगठन गर्ने विषयमा पत्रकारले सोधेको प्रश्नमा देउवाले भने,‘ मलाई थाहा छैन तपाईहरुलाई कसरी थाहा भयो ?’
उनले संविधान संशोधनका लागि दुई तिहाई आवश्यक रहेकाले दुई तिहाइ जुटेपछि संविधान संशोधनको प्रकृया सुरु हुने बताए । त्यसका लागि दलहरुसँग छलफल भइरहेको उनको भनाइ छ ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले नछेक्ने बताए ।
























