‘पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले रोक्दैन’

Share this
739shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ २१, शनिबार ११:३९

विराटनगर । नेपाली कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले नरोक्ने बताएका छन् । विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन नेकपा माओवादी केन्द्रको राजनीतिमा आइसकेका छन् । उनलाई माओवादी केन्द्रले उपाध्यक्षको जिम्मेवारी दिएको छ ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको राजनीतिमा फर्किएकी छन् । तर पार्टीले उनको सदस्यता नविकरण नगर्ने निर्णय गरिसकेको छ ।

पूर्वराष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा आउदा संविधानको औचित्य सकिएन भन्ने प्रश्नमा उनले भने,‘ बास्तवमा मलाई थाहा छैन धेरै कुराहरु, संविधानमा पाइन्न भनेको पनि छैन ।’

उनले संविधान संशोधनका लागि दुई तिहाई आवश्यक रहेकाले दुई तिहाइ जुटेपछि संविधान संशोधनको प्रकृया सुरु हुने बताए । त्यसका लागि दलहरुसँग छलफल भइरहेको उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.