
विराटनगर । झापाको मेची खोलामा डुबेर शनिबार दिउँसो एक जना पुरुषको मृत्यु भएको छ ।
भद्रपुर नगरपालिका–३ भैसाबाडीस्थित मेची खोलामा शनिबार दिउँसो करिब १२ : २० बजे स्थानीयले खोलामा मान्छे बग्दै गरेको देखेपछि उद्धार गरेका थिए ।
तर, खोलाबाट बाहिर निकाल्दा उनी मृतावस्थामा फेला परेको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
उनका अनुसार मृतक झापा कचनकवल गाउँपालिका–६ पैनीटोला का ६२ वर्षीय सोनुलाल मुर्मु हुन् । मुर्मु भारतस्थित छोरीको घर जाने क्रममा मेची खोला तर्दा डुबेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान र आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।























