इटहरी उपमहानगरपालिकाभित्र प्रदर्शनकारी छिरे, प्रहरीले गोली चलायो

Share this
676shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ २३, सोमबार १५:२५

विराटनगर । भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा प्रदर्शनमा उत्रिएको आन्दोलनमाथि प्रहरीले सुनसरीको इटहरीमा पनि गोली चलाएको छ ।

इटहरी उपमहानगरपालिकाभित्र प्रदर्शनकारी प्रवेश गरेपछि  प्रहरीले  गाेली चलाएकाे हाे ।

प्रदर्शनकारी हटाउन प्रहरीले लाठीचार्ज पनि गरेको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रका अनुसार इटहरी चोकको प्रदर्शन अनियन्त्रित बनेपछि हवाइफायर र लाठी चार्ज भएको हो ।

उनका अनुसार अवस्था नियन्त्रणका लागि स्थानीय प्रशासनले इटहरी क्षेत्रमा कर्फ्यू आदेश जारी गर्ने तयारी गरेको छ ।

‘हवाइफायर र अश्रग्यास प्रहार भएको छ, लाठी चार्ज पनि भएको छ,’ उनले भने,‘ स्थीति अनियन्त्रित भए कर्फ्यू आदेश जारी गर्छौं ।’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.