जेनजीको आन्दोलनमा सरकारको दमन, १४ जनाको मृत्यु

Share this
747shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ २३, सोमबार १६:०३

काठमाडौं । युवाहरुको प्रदर्शनमा प्रहरीले अत्याधिक बल प्रयोग गर्दा मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

युवाहरुले गरेको प्रदर्शनमा दिउँसो करिब ४ बजेसम्म १४ जनाको मृत्यु भएको हो । नयाँ बानेश्वर क्षेत्रमा प्रहरीले आन्दोलनकारी युवामाथि अन्धाधुन्ध गोली प्रहार गरेको थियो ।

गोली लागेर घाइते भएका मध्ये ट्रमा सेन्टरमा उपचारका क्रममा ६ जनाको मृत्यु भइसकेको छ ।

सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जना जनाको मृत्यु भएको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.