
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पदबाट मंगलबार राजीनामा दिएका छन् ।
देशको पछिल्लो घटनाक्रमले सरकारमा बस्ने परिस्थिति नभएको भन्दै उनले राजीनामा दिएका हुन् । यसअघि कृषिमन्त्री रामनाथ अधिकारी, खेलकुद मन्त्री तेजुलाल चौधरी, खानेपानीमन्त्री प्रदीप यादवले राजीनामा दिइसकेका छन् ।
























