सुशीला कार्कीलाई बालेनकाे समर्थन, संसद् विघटन गर्न माग

Share this
825shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ २५, बुधबार २२:५१

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्रीमा पूर्वन्यायाधीश सुशीला कार्कीलाई समर्थन गरेका छन् । तर, सरकार गठन अघि संसद् विघटन गर्नुपर्ने उनको माग छ ।

उनले राष्ट्रपति रामचन्द्र पौडेलाई अन्तरिम सरकार गठन गर्न र संसद विघटन गर्न सुझाव दिएका छन् ।

जेन–जीले ल्याएको क्रान्तिलाई संरक्षण गर्न अविलम्ब अन्तरिम सरकार गठन र संसद्को विघटनको सुझाव दिएका हुन् ।

‘देश अन्तरिम सरकारमा जाँदै छ, जसले देशमा नयाँ चुनाव गराउनेछ। यो अन्तरिम सरकारको काम भनेको चुनाव गराउने,देशलाई नयाँ जनादेश दिने हो ’  उनले लेखेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.