
विराटनगर । झापाको भद्रपुरमा बुधबार राति भएको सवारी दुर्घटनामा परेर १ जना वृद्धको मृत्यु भएको छ ।
भद्रपुर नगरपालिका–६ भानु चोकका ५९ वर्षीय राम श्रेष्ठको मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
उनका अनुसार मेची राजमार्गअन्तर्गत बुद्धशान्ति गाउँपालिका–७ सुनमाईमा भएको दुर्घटनामा प्र ३–०२– ००७ प ६०९० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा श्रेष्ठको मृत्यु भएको हो ।
इलामाबाट घर फर्कँदै गरेका श्रेष्ठ सवार मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुले पनि घटनाको थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।























